तेह्रथुम। आठराई गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ६८ करोड ४६ लाख १० हजार ८१६ रुपैयाँ बराबरको बजेट १७औं गाउँसभाबाट पारित गरेको छ।
गाउँपालिका सभाबाट पारित बजेटमध्ये ४८ करोड २७ लाख ३७ हजार ३५६ रुपैयाँ चालु खर्चका लागि र २० करोड १८ लाख ७३ हजार ४६० रुपैयाँ पूँजीगत खर्चका लागि विनियोजन गरिएको छ।
गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमको अध्यक्षतामा सम्पन्न गाउँसभा नीति तथा कार्यक्रम, आर्थिक ऐन, विनियोजन ऐन, संस्था दर्तासम्बन्धी ऐन २०८२, साथै न्यायिक तथा लेखा समितिका प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरेको छ।
पारित नीति तथा कार्यक्रमले सेवा प्रवाह, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा समावेशी समृद्धिको लक्ष्य लिएको गाउँपालिकाले जनाएको छ।