हेटौंडा। मामाघर नेपाल टी.टी.एल. स्काउट ट्रुपको सदस्यता ब्याज दीक्षान्त समारोह (Investiture Ceremony) हेटौंडा–११ मा रहेको मामाघर नेपालको प्रागढमा सम्पन्न भएको छ।उक्त समारोहमार्फत नयाँ स्काउट सदस्यहरूलाई औपचारिक रूपमा विश्वव्यापी स्काउटिङ परिवारमा स्वागत गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाअन्तर्गत स्थानीय स्काउट कार्यालयका प्रमुख आयुक्त अनिल आचार्य रहेका थिए।
कार्यक्रमको प्रमुख आकर्षण स्काउट सपथ ग्रहण रहेको थियो। सपथ समारोहमा केटाहरूलाई श्री सौरभ अधिकारी र केटीहरूलाई स्काउट लिडर निशा गौतमले नेतृत्व गरेकी थिइन्।
नवदीक्षित स्काउटहरूले नेपाल स्काउटका आदर्श, प्रतिबद्धता र सेवा भावप्रति आफ्नो समर्पणको घोषणा गरेका थिए।समारोहमा विभिन्न अभिभावक, संस्थाका पदाधिकारी, र स्काउट गाइड लिडरहरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले स्काउटिङ मार्फत राष्ट्र र समाजमा योगदान पुर्याउने प्रण गरेका थिए।