फाइल तस्बिर।

तेह्रथुम। वर्षेनी आगलागीले गाउँ सखाप पार्न थालेपछि तेह्रथुम जिल्लालाई खरको छानोमुक्त बनाउने अभियानलाई तीब्रता दिइएको छ।

सर्वसाधारणलाई खरको छानोको सट्टा जस्तापाताको छानो लगाउन सरकारले अनुदान दिएर खरको छानोमुक्त गर्ने अभियान नै सञ्चालन गरेको हो।

सहरी विकास मन्त्रालयअन्तर्गत सुरक्षित नागरिक आवास कार्यक्रममार्फत् खरको छानोमुक्त अभियानका लागि तेह्रथुमका तीन हजार नौ सय २१ घरधुरी सूचीकृत भएका छन्।

ती परिवारलाई उक्त कार्यक्रमअन्तर्गत जस्तापाता खरिद अनुदान उपलब्ध गराइने प्रतिनिधिसभा सदस्य एवम् पूर्व सहरी विकासमन्त्री सीता गुरुङले जानकारी दिइन्। उनका अनुसार खरको छानोमुक्त अभियानका लागि चालु आर्थिक वर्षमा १ करोड २८ लाख रुपैयाँ विनियोजन भएको थियो। तर हाल उक्त बजेटमा थप ४ करोड ३४ लाख थप गरी ५ करोड ६२ लाख रुपैयाँ बजेट कायम भएको छ।

‘सुख्खाग्रस्त गाउँमा खरको छानो हुँदा आगलागीको उच्च जोखिम थियो। सुरक्षित आवासको हक सुनिश्चित गर्न सरकारले अभियाननै सञ्चालन गरिरहेकोमा तेह्रथुमलाई सम्भावित जोखिम हेरेर प्राथमिकतामा राखेर खरको छानोमुक्त बनाउने अभियान अगाडि बढाइएको छ,’ सांसद गुरुङले भनिन्।

उनका अनुसार तत्काल थप ६५० घरधुरीलाई अनुदान दिन पुग्नेगरी बजेटको प्रबन्ध भएको छ।

खरको छानोमुक्त अभियानका लागि फेदाप गाउँपालिकाका ६९६ घर सूचीकृत भएका छन् भने आठराई गाउँपालिकाका ११९२, लालीगुराँस नगरपालिकाका ७२३, म्याङलुङ नगरपालिकाका ६०५ र छथर गाउँपालिकाका ७०८ घर सूचीकृत भएका छन्।

यो वर्ष बाँकी रहेका घरहरूलाई क्रमश आगामी वर्षहरूमा निरन्तर बजेटमार्फत् खरको छानोमुक्त गर्न अनुदान उपलब्ध गराइने सांसद गुरुङले बताइन्।

May be an image of text that says 'कार्यानवयन गर्ने कार्यालय जिल्ला स्थानीय तह PUDBC धनकुटा थप बजेट स्वीकृत आवास संख्या ६९६ तेहथुम आ.ब. २०८१/६२ मा विनियोजित बजेट ३৮ थप-घट पद्धि को कायम हुने बजेट PUDBC धनकुटा तेहथुम 50 PUDBC धनकुटा ११ ११९२ २५ फेदाप गा. पा आठराई गा.पा लालिगुरस न.पा मयाइ्लूंग न .पा तेहथुम ९५ PUDBC धनकुटा १२० ७२३ १ तेहथुम 9 PUDBC धनकुटा ۲۷ ६०४ २५ तेहथुम ७ভ छथर गा.पा ७०5 १०३ २५ ७খ 900'

तपाईको प्रतिक्रिया