काठमाडौँ। रसुवामा भीषण वर्षासँगैको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । यससँगै रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको छ ।
यस्तै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको बताईएको छ । ड्राइपोटमा काम गर्ने केही ड्राइभर, लेबर (मजदुर) लाई पनि बाढीले बगाएको हुनसक्ने अनुमान गरिएको छ ।
हालसम्म कुनै मानवीय क्षति नदेखिएको भए पनि नदीमा पानीको बहाव अझै उच्च रहेकोले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई विशेष सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ।