काठमाडौँ। एक हप्तासम्म छलफलपछि विभिन्न आठ वटा निर्णयहरू गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार सकिएको छ ।

सत्तारुढ गठबन्धनको एक घटक कांग्रेसले ९ महिनादेखि केन्द्रीय कार्यसमिति बैठक गरेको थिएन । सभापति शेरबहादुर देउवाले पार्टीबाटै सरकारको विरोध हुने भयले केन्द्रीय समितिको बैठक नै टार्दै आएका थिए । ९ महिनापछि असार १६ गतेदेखि बसेको बैठक ७ दिनसम्म चलेको हो ।

बैठकले सरकारले सहमतिबमोेजिम काम गर्न नसकेको निष्कर्ष निकालेको छ भने एमालेसँगको सहकार्यका विषयमा समेत सोच्नुपर्ने धारणा नेताहरूले गरेका छन् । केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकले विभिन्न ८ वटा निर्णयहरू गरेको छ ।

बैठकले संविधान संशोधनलाई निष्कर्षमा पु¥याउन आवश्यक कार्यदल गठन गर्ने निर्णय गरेको छ । उक्त कार्यदलले संविधानमा के कस्ता विषयहरूमा संशोधन गर्ने भन्ने विषयमा सुझाव दिनेछ । कार्यदलमा राजनीतिज्ञ र राजनीतिक दलहरू, संविधान निर्माणमा योगदान गरेका विज्ञ, विशेषज्ञ एवम् सरोकारवाला नागरिक समाजका प्रतिनिधि सम्मिलित हुने बैठकले निर्णय गरेको छ ।

बैठकले सरकार गठन हुँदा भएको ७ बुँदे सहमतिप्रति प्रतिबद्ध रहँदै सरकारको स्थायित्वको लागि जनभावनाअनुसार वर्तमान सरकारले विकास, सुशासन एवम् समुन्नतिका लागि थप प्रभावकारिताका साथ काम गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकका ८ निर्णय

तपाईको प्रतिक्रिया