दिपेश रोक्का। वैदेशिक रोजगारी व्यवसायी, समाजसेवी र नेपाली कांग्रेस मोरङ जिल्ला सदस्यको हैसियतले परिचित देबेन्द्र लुइँटेल आज मोरङको कानेपोखरीमा एक जनप्रिय नाम बन्न पुगेका छन्। राजनीति, समाजसेवा र युवाको प्रतिनिधित्व गर्ने व्यक्ति हुन् उनी, जो प्रष्ट बोल्ने, निर्भिक र पार्टीभन्दा माथि उठेर जनताको पक्षमा आवाज उठाउने स्वभावले चिनिन्छन्।

सामान्य परिवारमा जन्मिएका देबेन्द्रका मूल पुर्खा भोजपुरको बैकुण्डेबाट बसाइँ सरेर मोरङको कानेपोखरी–३ मा स्थायी बसोबास गर्न थालेका थिए। उनका पिता नरनाथ लुइँटेल र आमा धनकुमारी लुइँटेल हुन्। हाल उनी ४८ वर्षका छन्।

पारिवारिक जीवनमा देबेन्द्रका एक दाइ, तीन बहिनी, पत्नी र दुई छोरा छन्। जेठा छोरा रचित लुइँटेलले पढाइसँगै पारिवारिक व्यवसाय सम्हालिरहेका छन् भने कान्छा छोरा रोनिथ लुइँटेल ११ कक्षामा अध्ययनरत छन्। श्रीमतीले पनि व्यवसायमा हातेमालो गर्दै उनलाई निरन्तर साथ दिइरहेकी छिन्।

पूर्वको साविक वयरवन गाविस (हालको कानेपोखरी गाउँपालिका) मा पछिल्लो १४ वर्षदेखि देबेन्द्र समाजसेवामा अविचलित छन्। चाहे प्राकृतिक विपद् होस् या महामारी, विपन्नलाई राहत होस् वा किसानलाई सहुलियत – देबेन्द्र सधैं अग्रपंक्तिमा देखिन्छन्।

उनको पहलमा पालिकाभित्रका करिब ३०० बढी विद्यार्थीलाई पाठ्यपुस्तक सामग्री वितरण गरिएको छ। हलेसी अभोर सिजमार्फत १० भन्दा बढी युवालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराउनु उनको अर्को महत्वपूर्ण योगदान हो।

कोरोना महामारीको समयमा उनी देश बाहिर भए पनि आफ्ना स्थानीय बासिन्दाहरूको सेवामा कुनै कसर बाँकी राखेनन्। काठमाडौँमा अलपत्र परेका नागरिकलाई घर पठाउने व्यवस्था, पालिकामा मृतकको शव व्यवस्थापन, सेनिटाइजर र अन्य सामग्री वितरण – सबै उनका सक्रियताका प्रमाण हुन्।

देबेन्द्र लुइँटेलले कानेपोखरी गाउँपालिका भित्रका किसानलाई सिचाइका लागि ५० वटा बोरिङ (ट्युबेल) वितरण गरिसकेका छन्। विद्यार्थीहरूका लागि खेलकुद सामग्री, लाइब्रेरी, खानेपानी फिल्टर, विद्युतीय उपकरण, कपडा र अन्य आवश्यक सामग्री वितरणमा उनी निरन्तर लागिपरेका छन्।

शिक्षाको क्षेत्रमा उनको सक्रीयतामा रमाइलो बहुमुखी क्याम्पसमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरी उदाहरणीय कार्य गरेका छन्। जाडोमा विपन्न बस्तीलाई न्यानो कपडा, अशक्तहरूलाई व्हीलचेयर, लठ्ठी, बैसाखी वितरण समेत उनको समाजसेवी कार्यको हिस्सा हो।

कानेपोखरीका २०–२५ जना युवा इँटाभट्टामा थुनिएको खबर पाएपछि उनी उनीहरूको उद्धारका लागि सक्रिय भए। धार्मिक स्थलमा फर्निचरको व्यवस्था गर्नु होस् या पालिकामा रहेका संघ–संस्थालाई बलियो बनाउने होस् – उनी जहाँ आवश्यक, त्यहीँ देखिन्छन्।

उनले पालिकाका ज्येष्ठ नागरिकहरूलाई सम्मानित गर्ने कार्यक्रम, धार्मिक भ्रमणको आयोजना, स्थानीय खेलाडी तथा युवा समूहसँग निरन्तर सम्वाद गर्दै समाजमा सकारात्मक उर्जा भरिरहेका छन्।

राजनीतिमा करिब ३० वर्षदेखि सक्रिय देबेन्द्र लुइँटेल नेपाली कांग्रेसको मोरङ जिल्ला सदस्य हुन्। पार्टीका हरेक कार्यक्रममा उनी अग्रसर देखिन्छन्। तर उनी राजनीति भन्दा पनि जनसेवा र समाजको वास्तविक आवश्यकता बुझ्नुपर्ने मान्यता राख्ने नेता हुन्। यसैले उनलाई धेरैले ‘स्पष्टवक्ता र निर्भिक’ नेताको रूपमा बुझ्छन्।

देबेन्द्र लुइँटेल मोरङको कानेपोखरी मात्र होइन, प्रदेशभर नै समाजसेवाको प्रतीक बन्न थालेका छन्। युवामा आशा जगाउने, विपन्नलाई राहत दिने, स्पष्ट बोल्ने र काम गरेर देखाउने नेताको रूपमा उनी अनुकरणीय बन्दै गएका छन्।
उनको सेवा भावना, मानवीय संवेदना र समाजप्रतिको समर्पण भाव नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ।

तपाईको प्रतिक्रिया