काठमाडौँ। नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले सेनाको बन्दुकको बलमा गणतन्त्रको हत्या गर्ने काम भएको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा विघटनको निर्णयमा असहमति राख्दै उनले षड्यन्त्रको चक्रव्यूह रचेर बन्धुकको बलमा संसद् विघटन गर्ने असंवैधानिक निर्णय भएको टिप्पणी गरे। उक्त निर्णयप्रति उनले खेद व्यक्त गरेका छन्।

‘हजारौंको बलिदानबाट प्राप्त संविधानलाई सेनाको बन्दुकले कुल्चेर समाप्त पारिएको छ। नेपाली सेनाले षड्यन्त्रको चक्रव्यूह रचेर बन्धुकको बलमा गणतन्त्रको हत्या भएको छ,’ उनको भनाइ छ। उनले जनताको मतद्वारा निर्वाचित संसद्लाई सेनाले बन्दुकको बलमा भङ्ग गरेर गणतन्त्रको हत्या गरिएको दाबी गरे।

‘शहिदहरूको रगतबाट प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रलाई षड्यन्त्रपूर्वक समाप्त गरी निरङ्कुशता लादिएको छ। जेनजी वा अन्य कुनै नाममा घुसपैठ गरी सार्वजनिक सम्पत्ति तोडफोड गर्दा, बैङ्क लुट्दा सुरक्षा नदिने सेनाले आफ्नो परमाधिपतिको राष्ट्रपति कार्यलयमा आगो लगाएको पनि निभाउन नसक्ने अवस्था कसरी हुन्छ? यसको पछाडि गम्भीर षड्यन्त्र रहेको देखिन्छ,’ उनको भनाइ छ।

तपाईको प्रतिक्रिया