काठमाडौँ। जेन-जी आन्दोलनका नेता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङले अहिलेको सरकारले जनताको पक्षमा काम गर्ने बताएका छन्।
‘यो सरकार हामीले बनाएको हो। यो सरकारले जनताको पक्षमा काम गर्छ। पीडितहरूको पक्षमा काम गर्छ,’ आइतबार पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘जेन-जी आन्दोलनमा धेरै जना भाइबहिनीको ज्यान गइसकेको छ, पीडितहरूको परिवारले न्याय पाउनेछ। यदि यो सरकारले पनि काम गरेन भने यो सरकार पनि ढल्छ।’
उनले आन्दोलनको आयोजक आफू नभएपनि आन्दोलनलाई निष्कर्षमा पुर्याउन आफूले भूमिका खेलिरहेको बताए।