काठमाडौँ। जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

टिचिङ अस्पतालमा पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाएसँगै ज्यान गुमाएकाहरूको नगर परिक्रमासहित शवयात्रा गरिएको थियो। पशुपतिमा आफन्तको बिदाइ गर्दा आफन्त भक्कानिए, शवयात्रामा पुगेकाहरूको पनि आँसु थामिएन।

मृत्यु भएकाहरुमध्ये चारजनाको पशुपतिमा राष्ट्रिय झण्डा ओढाई राष्ट्रिय सम्मानमा साथ अन्त्येष्टि भएको छ। अन्य कतिपयलाई नेपाली सेनाले सम्बन्धित जिल्लासम्म पुर्‍याइरहेको छ।

सरकारले शव लैजानका लागि यातायातमा सहयोग गर्ने निर्णय गरेको छ। मंगलबार शवयात्रा र पशुपति आर्यघाटमा गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङसहित शीर्ष व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो।

तस्बिरहरू :

तपाईको प्रतिक्रिया