काठमाडौँ। दशैंको फूलपातीको अवसर पारेर असोज १३ गते रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’को ट्रेलर सार्वजनिक गरिएको छ । आज सार्वजनिक गरिएको ट्रेलरमा कमेडी, प्रेम, विछोड र संस्कृतिको प्रस्तुति देख्न सकिन्छ । ट्रेलर पावरफुल देखिएको छ । पारिवारिक कथामा यो फिल्म बनेको हो ।

मिलन तामाङको निर्देशनमा तयार भएको यस फिल्ममा धिरज मगर, उपासना सिंह ठकुरी, श्यामा श्री शेर्पा, केदार प्रसाद घिमिरे, प्रकाश सपुत, वुद्दि तामाङ, शिशिर वाङ्देल, युवराज लामा, रजनी गुरुङलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

रविन शेरचन र धिरज तामाङको लगानीमा बनेको फिल्ममा ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माताका रूपमा छन् ।

रामशरण पाठकको लेखनमा बनेको यस फिल्ममा सुशन प्रजापति डीओपी, सुरेन्द्र पौडेल सम्पादक तथा अंकित तिवारी सह–सम्पादक रहेका छन् ।

रोहित अधिकारी फिल्मस् प्रा.लि.को व्यानरमा निर्माण भएको फिल्मको ट्रेलरमा कलाकार केदार प्रसाद घिमिरेको कमेडी विशेष बलियो देखिएको छ ।

फिल्मले तामाङ संस्कृतिको कथालाई पनि प्रमुख रूपमा उठाएको छ । स्वर्गीय जयदेवको संगीत रहेको यस फिल्ममा कविराज गहतराज र किरण थापाको कोरियोग्राफी, समिर मिया र सत्यम रानाको भीएफएक्स, साहिल खानको ट्रेलर सम्पादन, तथा अष्ट महर्जनको एक्सन समावेश छ ।

दशैंको समयमा पारिवारिक कथावस्तु निकै चल्ने भएकाले दर्शकका लागि यो फिल्म ट्रेलर सार्वजनिक भएपछि अझै प्रतिक्षित बन्ने देखिएको छ । फिल्मको शीर्ष गीतले दर्शकको मन जितिसकेको छ ।

तपाईको प्रतिक्रिया