
काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदीले आफ्नै श्रीमतीको हत्या गरेका छन्। काभ्रेस्थित पनौती नगरपालिका-१२ गागलका ३६ वर्षिय सन्तबहादुर तामाङले ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक कोमल शाहका अनुसार आज बिहान मनिषाको शव भेटिएको थियो । गाउँलेलेहरुले शव भेटिएको जानकारी दिए दिएपछि इलाका प्रहरी कार्यालय पनौतीबाट टोली खटाई घटनाको अनुसन्धान गरिएको शाहले जानकारी दिए ।
जवरजस्ती करणीमा जेल परेका सन्तबहादुर जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका थिए ।







