काठमाडौँ। सरकारले जेनजी आन्दोलनमा भएको बलप्रयोग लगायतका घटनाको छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो। आयोगको सदस्यहरूमा नेपाल प्रहरीका पूर्व एआइजी विज्ञानराज शर्मा र कानुनविद विश्वेश्वर प्रसाद भण्डारी नियुक्त भएका छन्।
आयोगलाई काम गर्नका लागि तीन महिनाको समयसीमा दिइएको छ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले सीआईबीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नियुक्त गरेको छ।
बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा गरेको छ भने उक्त स्थानमा मनोज सिलवाल नियुक्त भएका छन्।

तपाईको प्रतिक्रिया