काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीभित्र विगतदेखि अवलम्बन गर्दै आएका नीति, रणनीति र कार्यशैलीमाथि गम्भीर बहस आवश्यक रहेको बताएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत् धारणा राख्दै नेता महरले यस्तो धारणा राखेका हुन्। पार्टीले हालसम्म अँगालेका सिद्धान्त र व्यवहारमध्ये कुनलाई निरन्तरता दिने, बदलिँदो परिस्थितिमा के–कस्ता परिमार्जन गर्ने र कुनलाई पूर्ण रूपमा त्याग्नुपर्छ भन्ने विषयमा खुला छलफल गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

नेता महरले पार्टीलाई थप परिष्कृत र समयसापेक्ष बनाउन वैचारिक तथा सांगठनिक प्रश्नहरूको निकास खोज्ने सबैभन्दा उपयुक्त थलो केन्द्रीय समितिको बैठक भएको बताए।

उनले वर्तमान अवस्थामा पार्टी एकतालाई सुदृढ पार्दै पूर्ण जागरण ल्याउनु अनिवार्य रहेको र त्यस्तो प्रक्रियाले मात्रै पार्टीलाई नयाँ ऊर्जा र गति प्रदान गर्ने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया