
काठमाडौँ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थमन्त्रालय मातहत ल्याउने निर्णय गरेको छ।
सरकारका प्रवक्ता सञ्चारमन्त्री जगदीश खरेलले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थमन्त्रालय मातहत ल्याउने निर्णय गरिएको जानकारी गराएका हुन्।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले २०७५ सालमा यी दुई निकायलाई प्रधानमन्त्री कार्यालय मातहतमा राखेका थिए।







