
पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका-३ रानीगाउँमा भएको जीप दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।
शनिबार बिहान ताप्लेजुङदेखि धरानतिर जाँदै गरेको मे १ ज ३०५५ नम्बरको जिप कात्तिके भीर नजिकै सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । घाइतेमध्ये गम्भीर घाइते ५ जनालाई उपचारका लागि धरान लगिएको छ भने एक जनालाई जिल्ला अस्पताल पाँचथर लगिएको छ।
गाडी सडकबाट करिब ३ सय मिटर तल जंगलमा खसेको कुम्मायक गाउँपालिकाका उपाध्यक्ष महेन्द्र बहादुर खड्काले बताए।







