काठमाडौं। सरकारले पर्याप्त पूर्वतयारी र सजगता अपनाउन अपिल गरेपनि शुक्रबार र शनिबारको वर्षाका कारण विपद्जन्य घटनामा परी ५२ जनाको मृत्यु भएको छ।

नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ५२ पुगेको हो । जसमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको संख्या धेरै छ । इलाममै ३७ जनाले ज्यान गुमाएका छन् ।

उदयपुरमा २, खोटाङमा २ र पाँचथरमा ८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया