काठमाडौँ। सरकारले इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए। उनका अनुसार बैठकले त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन शिक्षा मन्त्रालयमा पठाउने निर्णय गरेको छ भने भूमि समस्या समाधान आयोग र आयोगका सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ।

त्यस्तै, नेपाल प्रहरीका चार जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ। बैठकले डीआईजीहरू सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।

तपाईको प्रतिक्रिया