काठमाडौँ। नेपाली कांग्रेसको पदाधिकारी बैठकमा महामन्त्री गगन थापाले आगामी मंसिरमा नियमित महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्।

सानेपास्थित पार्टी कार्यालयमा अहिले काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक चलिरहेको छ। विशेष महाधिवेशनको माग गर्दै आएका महामन्त्री थापाले पार्टीको महाधिवेशन मंसिरमा गर्ने प्रश्ताव गरेका हुन्।

महामन्त्री थपा र अर्का महामन्त्री विश्वप्रकाश शर्मालगायतले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर संकलन अभियान समेत चलाएका थिए । महामन्त्री थापाले बोल्नेक्रममा नियमित महाधिवेशनको प्रस्ताव राखेका हुन्।

थापाले केन्द्रीय समितिको बैठकपछि एकहप्ताभित्रै क्रियाशील सदस्यताको टुंगो लगाउन सकिने भनाई समेत राखेका छन्।

सानेपामा जारी बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय थापा र शर्मा, सहमहामन्त्रीहरू बद्री पाण्डे, महेन्द्र यादव, उमाकान्त चौधरी र जीवन परियार तथा कोषाध्यक्ष उमेश श्रेष्ठलगायतले धारणा राखेका छन् । पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बैठक जारी छ।

तपाईको प्रतिक्रिया