तेह्रथुम । दलित एकता समाज आठराई गठन भएको छ।
दलित समुदायको हक, अधिकार र सशक्तिकरण गर्ने उद्देश्यले गाउँपालिकास्तरीय भेलाबाट समाजको गठन भएको हो। भेलाले समाजको अध्यक्षमा अमरबहादुर विशुंखेलाई चयन गरेको छ।
समितिको उपाध्यक्षमा गंगादेवी सुनुवार, सचिवमा नरबहादुर घतानी र कोषाध्यक्षमा टीकादेवी भुसाल चयन भएका छन्।
सदस्यहरूमा खोम बहादुर सार्की, रमेश कालिकोटे, नारायण विश्वकर्मा, नरबहादुर रसाइली, माधवा नेपाली, मञ्जु मोते र तीर्थकुमारी घतानी रहेका छन्।