
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेनजीहरूलाई हातेमालो गरेर अघि बढ्न अपिल गरेका छन् ।
बुधबार कम्युनिस्ट पार्टी एकता घोषणा सभामा बोल्ने क्रममा उनले यस्तो अपिल गरेका हुन् ।
आजै मात्र एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा जेनजी युवाहरूलाई पार्टीमा प्रवेश गराएको उल्लेख गर्दै उनले अरुलाई पनि पार्टीमा आउन भनेका हुन् ।
‘आजमात्रै जेनजी पुस्ताका वार्तामा रहेकाहरूमध्ये युवाहरूलाई पार्टीमा प्रवेश गराएका छौं । अरु जेनजी साथीहरूलाई पनि भन्न चाहन्छु, आउनुस्, हामीसँग हातेमालो गर्दै अघि बढ्नुस्,’ उनले भने ।







