काठमाडाै। बेलायतबाट फिर्ता बोलाइएका राजदूत चन्द्र घिमिरेले नेपाल पुगेर राजीनामा दिएका छन् ।

सरकारले सर्वोच्चको अन्तरिम आदेश विपरीत तीनभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिए लगत्तै मंगलबार साँझ नेपाल प्रस्थान गरेका घिमिरेले बिहीबार परराष्ट्र मन्त्रालयमा राजीनामा बुझाएका हुन्।

 

‘राज्यले मर्यादा (डिग्निटी) नदिएपछि काम गर्न सकिन्न’, राजीनामा बुझाएपछि उनले भने, ‘देशकै प्रतिनिधित्व गर्ने गरिमामय पदले डिग्निटी नपाएपछि राजीनामा दिएँ।’

तपाईको प्रतिक्रिया