काठमाडौं। सर्वोच्च अदालतले मधेसको मुख्यमन्त्री नियुक्तिलाई लिएर दर्ता भएको रिट निवेदनमा अन्तरिम आदेशका लागि रिट निवेदक र विपक्षी निकायलाई छलफलमा डाकेको छ ।

मुख्यमन्त्री नियुक्ति विवादमा मधेस प्रदेशका ७४ सांसदको तर्फबाट मंगलबार कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले रिट दायर गरेका थिए।

उक्त रिटमा प्रारम्भिक छलफलपछि सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले बुधबार अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई डाकेको हो।

यसअघि पनि मंगलबार मधेश प्रदेशमा ठूलो दलको हैषियतमा होटेलमा नियुक्ति लिएर शपथ खाएका सरोज यादवलाई दिर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्चबाट अन्तरिम आदेश जारी भइसकेको छ।

तपाईको प्रतिक्रिया