
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलनमा सहभागीहरुलाई नियन्त्रणमा लिई यातना दिएको र दुर्व्यवहार गरेको उजुरीका आधारमा प्रहरी हिरासतको निरीक्षण गरेको छ।
आयोगले विहीबार र शुक्रबार प्रहरीमा हिरासतहरुको निरीक्षण गरेको थियो। हिरासतको निरीक्षणपछि रिपोर्ट सार्वजनिक गर्ने तयारी गरिएको छ।
भदौ २३ र २४ गते भएको हिंसात्मक घटनामा पक्राउ परेकाहरुलाई हिरासतमा यातना दिइएको भन्दै परेको उजुरीमा आयोगले चासो राखेको हो । आयोगबाट मानव उल्लंघन घटनाको रिपोर्ट आउन भने बाँकी छ।







