
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद् बैठक डाकेकी छिन्।
बिहीबार दिउँसो साढे २ बजेका लागि सुरक्षा परिषद् बैठक डाकिएको हो । सिंहदरबारस्थित पषिदको सचिवालयमा बैठक बस्न लागेको छ । बाराको सिमरामा बुधबार र विहीबार उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको हो।
बुधबार पनि गृह मन्त्रालयमा सुरक्षा परिषद्को बैठक बसेको थियो । गृहमन्त्री ओमप्रकाश अर्यालसँग विहीबार बिहान पनि आफ्ना मातहतका सबै सुरक्षा प्रमुखसँग सिंहदरबारमा छलफल भएको थियो।
कफ्र्यूका विच आज पनि अवस्था तनावग्रस्त बनेपछि सुरक्षा अवस्था मजबुत तुल्याउन बैठक बस्न थालेको हो।







