काठमाडौँ । जेनजी आन्दोलनमा जलेका मालपोत कार्यालयहरूको अभिलेख अद्यावधिको लागि सेवाग्राहीलाई हतार नगर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले आग्रह गरेको छ।

मालपोतमा जलेका मोठ स्रेस्ता तथा रोक्का अभिलेखलाई अद्यावधि गर्नका लागि कुनै समयावधी परिपत्र विभागले सम्बन्धित मालपोत कार्यालयहरूलाई पठाएको हो। धनगढी कैलाली, नेपालगञ्ज बाँके, घोराही दाङ, विराटनगर मोरङ, तुलसीपुर दाङ, पोखरा कास्की, भरतपुर चितवन, खैरहनी चितवन, बुटवल रुपन्देही र कलंकी मालपोतलाई विभागले परिपत्र गरेको हो । जलेका जग्गाधनी दर्ता स्रेस्ता र रोक्का कागजातको अभिलेख विभागको अनलाइन प्रणालीमा सुरक्षित रहेको र

त्यसलाई अद्यावधि गर्न कुनै शूल्क समेत नलाग्ने विभागका शाखा अधिकृत माधवप्रसाद बरालले बताएका छन्।
साथै विभागले तत्कालै लिनुपर्ने सेवाको लागि मात्र कार्यालयमा जान सर्वसाधारणलाई आग्रह समेत गरेको छ। रोक्का, फुकुवा, राजीनामा, बकसपत्र, दृष्टिबन्धक, नामसारी, हालसाबीको लागि सबै मालपोत कार्यालयहरूले काम गरिरहेको विभागले जनाएको छ। हाल जलेका कागजातहरू सेवाग्राहीहरूले आफ्नो अनुकूलको जुनसुकै समयमा अद्यावधि गर्न मिल्ने भएकोले हतार र भीड नगर्न विभागले भनेको छ।
हाल जलेका मालपोत कार्यालयको हकमा सर्वसाधारणहरू अलिक बढि आतंकित भएको र अद्यावधिको लागि भीड बढेकोले विभागले यस्तो आग्रह गरेको हो।

तपाईको प्रतिक्रिया