
काठमाडौं । खगेन्द्र सुनारको ‘हाम्रो पार्टी नेपाल पार्टी’ले आधिकारिकता पाएको छ ।
निर्वाचन आयोगका अनुसार यही १८ कात्तिकमा सुनार नेतृत्वमा हाम्रो पार्टी नेपाल नामक दल दर्ताको निवेदन पुगेको थियो । जसलाई आयोगले आइतबार दर्ता गर्ने निर्णय गरेको हो ।
यो दलको दर्ता नम्बर २१६ रहेको छ । हाम्रो पार्टी नेपालको चुनाव चिह्न गोलो घेरा भित्र राम्रो जनाउने लाइक चिह्न रहेको छ ।
आयोगका अनुसार हालसम्म दर्ता भएका दलको संख्या १३२ पुगेको छ ।
दलित समुदायको अधिकारका लागि अभियान सञ्चालन गर्दै आएका सुनारले फागुन २१ को चुनावलाई लक्षित गर्दै दल दर्ता गरेका हुन्। सुनारले सोमबार बाजागाजासहित निर्वाचन आयोग पुगेर प्रमाणपत्र ग्रहण गर्ने कार्यक्रम रहेको बताए।







