काठमाडौँ। वैकल्पिक राजनीतिको अग्रणी दल विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसंग एकीकरण गर्ने निर्णय गरेको छ।
केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारको बैकल्पिक राजनीतिक दलबीचको ‘बृहत्तर ध्रुबीकरण/ एकीकरण प्रस्ताव’लाई सर्वसम्मत अनुमोदन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीसंग एकीकरण गर्ने निर्णयलाई पारित गरिएको हो।

‘वैकल्पिक राजनीतिक शक्तिको अपरिहार्यताको महसुस भईरहेको वेला नवयुवाहरुको आन्दोलन ‘जेनजी विद्रोह’ले विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीवीचको एकीकरणलाई तिब्रत्तर बनाइदियो, निर्वाचनमा पहिलो शक्ति भएर नेपाली जनताको विकास, संबृद्धि र सुशासनको उत्कट चाहनालाई परिणाममुखी बनाउने राजकीय दायित्वलाई सफल बनाउने प्रतिवद्धताका साथ एकीकरण गरिएको हो, यसले राष्ट्रिय सन्देस दिन्छ’, संयोजक एवं उपाध्यक्ष परियारको टिप्पणी छ।
पार्टी एकीकरणका अन्य प्राविधिक सवालहरु दुवै दलका नेतृत्वहरुको उच्च समझदारीको जगमा चाँडै सहमतिमा टुंग्याइने उनले बताए ।

आगामी आइतबार राष्ट्रिय सभागृहमा घोषणा कार्यक्रम हुनेछ।
वैकल्पिक राजनीतिका प्रणेता पार्टीका संस्थापक स्व.उज्वल थापाको योगदान र ‘विवेकशील आन्दोलन’लाई लिपीवद्ध गर्ने र प्रतिनिधि सभा निर्वाचनलाई परिणाममुखी बनाउने मुख्य बुँदामा दुई दलवीच एकीकरण भएको हो।

तपाईको प्रतिक्रिया