
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यलय धुम्बाराहीमा बस्ने भएको छ ।
बैठकमा समसामयिक परिस्थितिको विश्लेषण गर्दै पार्टीको आगामी रणनीति बनाउने,आसन्न केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने र पार्टीभित्र आन्तरिक एकता कायम गर्दै सबै तहको अधिवेशन सम्पन्न गर्ने विषयमा छलफल हुने राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
त्यस्तै एजेन्डा केन्द्रित कार्यक्रम अघि बढाउने, चुनाव भइ हालेमा चुनावी अभियान र तयारी कसरी गर्ने भन्ने लगायतका विभिन्न विषयमा छलफल हुने बताइएका छन् ।







