काठमाडाैं । नेपाल एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ। मलेसियामा जारी खेलमा प्रतियोगितामा घरेलु टोली मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो।

मलेसियाले दिएको ५२ रनको झिनो लक्ष्य नेपालले ८ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। नेपालका वंश क्षेत्रीले २३ रन बनाउँदा निश्चल खत्रीले १५ रन बनाए। मलेसिया लागि एकमात्र विकेट मुहम्मद अक्रमले लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको मलेसिया १७.२ ओभरमा ५१ रनमै अलआउट भयो। उसका मुहम्मद फतुल मुइन र हाम्जा पाङ्गीले १३ रन बनाउँद अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

मलेसियाको इनिङ धरासायी बनाउने क्रममा नेपालका नितिशकुमार पटेलले ८ ओभरमा २ मेडनसहित २४ रन मात्र खर्चेर ४ विकेट लिँदा चन्दन रामले ५ ओभरमा १ मेडनसहित १७ रन खर्चेर ३ विकेट लिए।

नेपाल साउदी अरेबिया र हङकङलाई पराजित गर्दै नेपाल समूह विजेता भएर सेमिफाइनल पुगेको थियो।

नेपालले फाइनलमा यूएई र ओमानबीचको विजेतासँग खेल्ने छ ।

तपाईको प्रतिक्रिया