काठमाडौँ । डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिगमा पहिलो जित निकालेको छ। लगातार चौथो हारपछि पहिलो जित निकाल्ने क्रममा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले हरायो।

यो जितसँगै जनकपुरको पनि प्लेअफ आशा कायमै रहेको छ। समान ५ खेलमा चिवतनको ४ र जनकपुरका २ अंक छ।

जनकपुरलाई पहिलो जित दिलाउने क्रममा माज सदाकत र अनिलकुमार साहले अर्धशतक बनाए। सदाकतले ३० बलमा ६ चौका र ४ छक्का मद्दतमा ६३ रन बनाउँदा अनिल साहले ३६ बलमा ४ चौका र ३ छक्का मद्दतमा ६१ रन बनाए। यी दुईले दोस्रो विकेटका लागि ७९ रनको सझोदारी गरेका थिए।

यस्तै, आसिफ सेखले १८ बलमा १८ रन बनाउँदा आदित्य महताले ७ बलमा १८ र जोन लफ्टी इटोनले ११ रन बनाए। बलिङमा चिवतनका सोहेल तनवीर, कमलसिंह ऐरी र अमसिंह रौटेलाले समान १ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको चितवनले डेविड मलान र अर्जुन साउदको मेडन अर्धशतक मद्दतमा ४ विकेटको क्षतिमा १७६ रन बनायो। उसका लागि डविड मलानले ५४ बलमा ४ चौका र ५ छक्का मद्दतमा ८० रनको उत्कृष्ट पारी खेले।

यस्तै, अर्जुनले ३९ बलमा बलमा ४ चौका र ३ छक्का मद्दतमा ५२ रन बनाए। जारी सिजन उनी पहिलो पटक ओपनिङमा आए। उनले मलानसँग ११२ रनको ओपनिङ साझेदारी गरे। यो जारी सिजनको सर्वाधिक ठूलो आपनिङ साझेदारी हो।

यस्तै, कप्तान कुल मल्लले १४ बलमा समान २ चौका र छक्का मद्दतमा ३० रन बनाए। बलिङमा जनकपुरका माज सदाकत, अनिल साह, रुपेश सिंह र जान निकोल लोफ्टी इटोनले समान १ विकेट लिए।

तपाईको प्रतिक्रिया