
काठमाडौं । नयाँ देशभक्तिपूर्ण गीत ‘बन्छ बन्छ मेरो देश बन्छ’ सार्वजनिक भएको छ ।
बुधबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै देशभक्तिपूर्ण गीत ‘बन्छ बन्छ मेरो देश बन्छ’ को आधिकारिक विमोचन भएको हो ।
गीतको शब्द चयनकर्ता र प्रस्तुति नेपाली कांग्रेस केन्द्रीय समिति सदस्य नैन सिंह महरको हो। उनी कांग्रेसको शिक्षा विभागका प्रमुख समेत हुन्।







