काठमाडाैं । नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले लगातार दोस्रो जित निकालेको छ। प्रतियोगितामा लागतार दोस्रो जित निकाल्ने क्रममा लुम्बिनी इनफर्म विराटनगर किंग्सलाई ५ विकेटले हरायो।

यो जितसँगै लुम्बिनीको प्लेअफ सम्भवना बलियो बनेको छ। ५ खेलमा ६अंक जोड्दै लुम्बिनी चौथो स्थानमा उक्लिएको छ। अन्तिम खेलमा जकपुरलाई हराए उसको प्लेअफ सम्भावना बलियो बन्ने छ।

यता, विराटगनर ८ अंकसहित तेस्रो स्थानमा छ। उसले अन्तिम खेलमा सुदूरपश्चिम रोयल्ससँग छ। यो खेल जिते ऊ शीर्ष २मा रहने सक्ने छ भने पराजित भए पनि प्लेअफ सम्भावना भने कायमै हुनेछ

१४५ रनको मध्मम लक्ष्य लुम्बिनीले ५ विकेटको क्षतिमा १७.४ ओभरमा भेट्टायो। उसका लागि डार्ची सर्टले मेडन अर्धशतक बनाए। उनले ४४ बलमा ६ चौका र २ छक्का मद्दतमा ५७ रन बनाए।

यस्तै, निरोशन डिक्वेलाले २२ बलमा २९ रन बनाउँदा सन्दीप जोराले १५ बलमा २ रन बनाए। दिलिप नाथले १२ बलमा १६ रन बनाए।

बलिङमा विराटनगरका लागि सन्दीप लामिछाने र सुवास भण्डारीले समान २ विकेट लिए। यो २ विकेटसँगै १२ विकेट लिएका सन्दीप सर्वाधिक विकेट लिने बलरको सूचीमा शीर्ष स्थानमा छन्।

त्यसअघि टस हारेर ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १४४ रन बनायो। उसका लागि लोकेश बमले सर्वाधिक ३५ रन बनाए। उनले ४२ बलमा समान २ चौका र छक्का प्रहार गरे। यस्तै, बसिर अहमदले १९ बलमा २८ रन बनाउँदा साम हेजलेटले २० बलमा २७ रन बनाए।

यता, एनिपएलमा डेब्यू गरेका दक्षिण अफ्रिकी स्टार खेलाडी फाफ डु प्लेपिसस ९ बलमा १२ रन बनाएर आउटा हुँदा प्रतिशत जिसीले ११ र मर्चेन्ट डे ल्याङले १० रन बनाए।

विराटनगरलाई सस्तैमा रोक्ने क्रममा शेर मल्लले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिँदा जेजे स्मिथल अविशेष गौतम र रुवेन त्रुमपेलमनले समान १ विकेट लिए।

तपाईको प्रतिक्रिया