काठमाडौँ। कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियारले खेतीयोग्य गाउँको जस्तै सहरी क्षेत्रको माटो पनि मूल्यवान भएकाले त्यसको संरक्षण तथा गुणस्तर अभिवृद्धि अपरिहार्य रहेको बताउँछन्।

बाह्रौँ विश्व माटो दिवसका अवसरमा कृषि विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनी भन्छन् कि माटो कृषि उत्पादनको प्रमुख साधन मात्र होइन, सम्पूर्ण पारिस्थितिक प्रणाली सन्तुलनको महत्त्वपूर्ण अवयव भएकाले यसको संरक्षणसँगै गुणस्तर उकास्नु जरुरी छ। ‘खेती हुने गाउँको माटोजस्तै सहरको माटो पनि मूल्यवान छ। त्यसैले यसको संरक्षण एवं गुणस्तर अभिवृद्धि गर्नतर्फ सबै केन्द्रित हुनुपर्छ’, उनी भन्छन्।

मन्त्री परियारका अनुसार व्यावसायिक र सघन खेती प्रणाली अवलम्बन गरिँदा नेपालको अधिकांश माटो अम्लीय बन्दै गएको छ। विशेषगरी पूर्वी नेपालको माटो पश्चिमतर्फको तुलनामा बढी अम्लीय रहेको उनी स्पष्ट पार्छन्। अम्लीय माटोको उर्वराशक्ति घट्दै जाँदा उत्पादन क्षमतामा ह्रास आउने उनको भनाइ छ।

उत्पादन बढाउन र माटो संरक्षणका लागि उर्वराशक्ति सुधार आवश्यक भएको उल्लेख गर्दै, माटोको सही उपयोगबाट दिगो कृषि उत्पादन वृद्धि गर्नुका साथै सम्पूर्ण पारिस्थितिक प्रणाली सन्तुलनका लागि माटो स्वस्थ, सुधार र संरक्षण गर्नु अपरिहार्य रहेको उनी बताउँछन्।

उनका अनुसार ग्रामीण क्षेत्रमा असन्तुलित रासायनिक मल तथा अत्यधिक विषादीको प्रयोग, अव्यवस्थित खेती, सहरमा अत्यधिक प्लास्टिकको प्रयोग, औद्योगिक तथा घरायसी फोहर प्रमुख चुनौतीका रूपमा उभिएका छन्। उनी भन्छन्, ‘त्यसबाहेक बढ्दो सहरीकरणले खुला क्षेत्र माटो कङ्क्रिट र सडकले ढाकिँदैछ, जसले माटोको पानी सोस्ने क्षमता र बिरुवा उमार्ने क्षमतामा कमी ल्याएको छ। यही कारणले हाम्रो माटोको गुणस्तर ह्रास भएको हो।’

मन्त्री परियारले नक्सा अद्यावधिक गर्ने कार्य भइरहेको बताउँदै यसले किसानलाई आफ्नो जमिन तथा माटोको खाद्यतत्वबारे जानकारी लिएर सन्तुलित मलखाद प्रयोग गर्न सहयोग गर्ने बताए। मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरेर माटो परीक्षण, सन्तुलित मलखाद प्रयोग, प्राविधिक तथा किसान क्षमता अभिवृद्धि, रासायनिक तथा प्राङ्गारिक मलको सही प्रयोग र नियमनका काम निरन्तर गर्दै आएको जानकारी दिए।

सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छ : कृषिमन्त्री परियार

तपाईको प्रतिक्रिया