
काठमाडौँ। सामाजिक अभियन्ता खगेन्द्र सुनारको नेतृत्वमा गठन भएको हाम्रो पार्टी नेपालले उपसभापति, महामन्त्रीसहित पदाधिकारीहरू सार्वजनिक गरेको छ।
निर्वाचन आयोगमा विवरण बुझाउँदा सदस्यहरूको मात्रै सुची बुझाएका सुनारले पार्टी घोषणासँगै केन्द्रीय पदाधिकारीहरूको टुंगो लगाएका हुन्। सो पार्टीका अनुसार सुनारले पार्टीको उपसभापतिमा केशव नेपाली र डा.नमिता यादवलाई मनोनीत गरेका छन्।
महामन्त्रीमा भरतबहादुर सुनार र दधिराम परियार मनोनीत भएका छन्।
त्यस्तै, सहमहामन्त्रीमा जनकबहादुर जनाला, प्रदिप घताल र सुरत भुल मनोनीत भएका छन् भने सहमहामन्त्री तथा प्रवक्तामा प्रेमनारायण विकले जिम्मेवारी पाएका छन्।
पार्टीको कोषाध्यक्षमा रमेश विश्वकर्मा मनोनीत भएका छन्।







