
काठमाडौँ । नबिल बैंक लिमिटेडले यसपटक १२.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आवसम्म वितरणयोग्य मुनाफाबाट करसहित १२.५० नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश बैंकको आगामी वार्षिक साधारणसभाले पास गरेपछि वितरण गरिने कम्पनी सचिव भीष्म नेउपानेले जानकारी दिए ।







