काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले आफ्नो अवधारणा पत्र पार्टीलाई बुझाएको छ । सोमबार दिउँसो आफ्नो समूहका नेतासहित केन्द्रीय कार्यालय च्यासल पुगेर महासचिव शंकर पोखरेललाई अवधारणा पत्र बुझाएका हुन् ।

पोखरेलले एघारौं महाधिवेशनबारे तयार पारिएको छुट्टै राजनीतिक तथा सांगठनिक प्रस्ताव तयार पारेका हुन् । भदौ २३-२४ पछि र अघिको राजनीतिक परिवेश, पार्टी लोकतान्त्रिकरण र पुनर्गठन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयबस्तु समेटिनुका साथै नेतृत्व परिवर्तनको निष्कर्ष सहितको तयार पारिएको उक्त दस्तावेज पार्टी कार्यालयमा बुझाएका हुन् ।

यसबारे अध्यक्ष केपी शर्मा ओलीलाई समेत जानकारी गराइएको पोखरेलले बताए । अवधारणा पत्र बुझाउने बारे अध्यक्ष ओलीलाई जानकारी गराएको तर गुन्डु जाने अनुकूलता नमिलेकाले च्यासलमा बुझाइएको उनले बताए ।

 

तपाईको प्रतिक्रिया