
काठमाडौं। नेपाल प्रहरीले हुण्डी मार्फत कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ ।
प्रहरी वृत्त कालीमाटीको टोलीले काठमाडौँ महानगरपालिका १४ कुलेश्वरस्थित चुन्ने पाखा टोलमा हुण्डीमार्फत् ५७ लाख ४७ हजार ३५० रुपैयाँ कारोबार गर्ने काभ्रेपलाञ्चोकको नमोबुद्धका ३४ वर्षीय सरोज श्रेष्ठलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका श्रेष्ठलाई हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।







