काठमाडौँपितृशोकमा रहेका पूर्वप्रधानन्यायधीश कल्याण श्रेष्ठसँग प्रधानमन्त्री सुशीला कार्कीको भेट भएको छ ।

प्रधानमन्त्री कार्कीले आज ललितपुरको कुपण्डोलस्थित श्रेष्ठको निवासमा पुगेर भेट गर्नुभएको उनीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिएका छन् । भेटमा मुलुक र समसामयिक राजनीतिक विषयमा पनि कुराकानी भएको हो ।

भेटमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले शान्तिपूर्ण वातावरणमा निर्वाचनका लागि शुभकामना दिनुभएका छन् । उनले भने, “जसरी पनि चुनाव सम्पन्न गर्नुपर्छ, निर्वाचन सम्पन्न गरेर मात्र तपाईं निस्कनुपर्छ, हाम्रो शुभकामना छ ।”

श्रेष्ठका बुबा पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठको यही मङ्सिर १६ गने ९५ वर्षको उमेरमा निधन भएको थियो ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले पछिल्लो समय आफ्नो नाम जोडेर विभिन्न समाचारहरू आइरहेको र ती भ्रामक रहेकाबारे प्रधानमन्त्री कार्कीलाई स्पष्ट गर्नुभएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया