काठमाडौँ। भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवस (डिसेम्बर ९ / मंसिर २३) का दिन मानव अधिकार तथा शान्ति समाजले विभिन्न जिल्लामा प्रदर्शन गरेको छ।

“भ्रष्ट पात्र र प्रवृत्तिलाई इतिहासले खारेज गरिसक्यो”, “शीर्ष भ्रष्ट पात्रलाई दण्डित गर्नु सुशासनको माग हो”, “भ्रष्ट शीर्ष नेतालाई कारबाही खोइ?”, “नयाँ सरकार पनि पुरानै मार्गमा अग्रसर किन?”, “सुशासनका लागि आर्थिक दण्डहीनता अन्त्य गर” भन्ने नारासहित काठमाडौँ, रुपन्देही, सुर्खेत, नवलपुर, चितवन, दाङ, गुल्मी, अछाम, कास्की, सल्यान, महोत्तरी, म्याग्दी, झापा, मोरङ, पाल्पा, तेह्रथुम, पर्सा गरी १७ जिल्लामा मंसिर २३ गते प्रदर्शन गरिएको हो।

यसै क्रममा शान्ति समाज काठमाडौं शाखाद्वारा दिउँसो १ बजेबाट माइतीघर मण्डलामा १ घण्टासम्म गरिएको प्रदर्शनमा संस्थापक सभापति कृष्ण पहाडी, सभापति रेनुका पौडेल, निवर्तमान सभापति रामकृष्ण बराल, पूर्व सभापति होमकान्त चौलागाइँ, सल्लाहकार रामप्रसाद जोशी, सचिव दिवाकर पुडासैनी, सदस्यता अपिल समिति संयोजक किरण ढकाल, केन्द्रीय सदस्यहरू नम्रता खरेल, उमा गौतम र मणिराम दाहाल, काठमाडौं शाखा सभापति विकास थापा, कोषाध्यक्ष नवराज चपागाईँ, पूर्व सभापति ईश्वर पुडासैनी, शाखा कार्यसमिति सदस्यहरू रिता अधिकारी, सरस्वती गुरागाईँ, सिता घिमिरे, नरेन्द्र श्रेष्ठ, परशुराम आचार्य, ललितपुर शाखा सभापति बाबुराम न्यौपाने, आजीवन सदस्यहरू जयराम पुडासैनी, मनबहादुर थापा, तुलसीराम भण्डारी, राजकुमार श्रेष्ठ लगायत अधिकारकर्मीहरूको सहभागिता थियो।

यसैगरी, ७७ औँ मानव अधिकार दिवसका सन्दर्भमा शान्ति समाज काठमाडौं शाखाले मंसिर १७ देखि २३ सम्म अपाङ्गता भएका व्यक्तिका अधिकारदेखि जलवायु न्यायसम्म केन्द्रित रही सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको थियो।

तपाईको प्रतिक्रिया