काठमाडौँ । प्रधानमन्त्री कार्कीले काठमाडौं विश्वविद्यालयको ३१ औं दीक्षान्त समारोहमा विश्वविद्यालयमा हुने राजनीतिकरणलाई अन्त्य गर्न सरकारले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था परिमार्जन गर्न लागेको बताएकी छन् । त्यसका लागि ऐनमानै परिमार्जन गर्ने तयारी भइरहेको उनले बताइन्।

‘शिक्षामन्त्री महावीर पुनजीले शिक्षाविद् विश्वविद्यालयको कुलपति, उपकुलपति लगायत उच्च नेतृत्व र अन्य सरोकारवालाहरुसँग यस विषयमा गम्भिर परामर्श र गृहकार्य गरिरहेको बताएका छन् । ऐनमा संशोधन गरेर प्राज्ञिक व्यक्ति कुलपति हुने व्यवस्था गर्नेतर्फ हामी लागेका छौँ,’ उनले भनिन्।

यस्तो व्यवस्थाबाट नेपालको उच्च शिक्षामा राजनीतिकरणको परम्परा अन्त्य हुन्छ भन्नेमा सरकारले विश्वास गरेको प्रधानमन्त्री कार्कीले बताइन्।

प्रधानमन्त्री सुशीला कार्कीले ‘नेपालको उच्च शिक्षालाई सुधार गर्न काठमाडौ विश्वविद्यालयले गरेका सकारात्मक पहल र ढाँचालाई अन्य विश्वविद्यालयले समेत अनुशरण गर्नु पर्ने बताएकी छन् ।

धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयको ३१ औं दीक्षान्त समारोह आज रहेको थियो ।

तपाईको प्रतिक्रिया