काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुक विषम परिस्थितिमा रहेको बताएका छन्। नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै राजा, राजनीतिक दल र जेन-जी पुस्ताबिच नयाँ समझदारी गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

अध्यक्ष लिङदेन भन्छन्, हामीले अहिले संविधान-संविधान भनिरहेका छौँ। आ-आफ्नो मान्यता छ। कसैले यो संविधानबिना देशै चल्दैन भन्छौँ होला, कसैले यो संविधान अपूर्ण छ। हामीले भन्दै थियौँ, यो गीता, बाइबल, पुराण होइन, फेर्नुपर्छ भन्दै आइरहेका थियौँ।

उनले अहिले संविधान नै नरहेको जिकिर गरेका छन्। उनले भने, ‘संविधान मरिसकेको छ, यसलाई जबरजस्त ब्युँताएर देशलाई फेरि थप दुर्घटनामा लैजाने भन्दा पनि नयाँ सम्झौता गर्नुपर्छ।’

तपाईको प्रतिक्रिया