
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले संकटको बेला जनताको सुरक्षा गर्न नसक्ने नेताको पछि नलाग्न आग्रह गरेका छन् ।
शनिबार सुर्खेतमा आयोजित नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता रावलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली जनताको सुरक्षा गर्नुको साटो हेलिकप्टर चढेर भागेकाले उनको पछि नलाग्न जनतालाई आग्रह गरेका छन् । उनले भने, ‘हेलिकप्टर चढेर भाग्ने नेताको पछि नलाग्नुहोस्, राज्यको पहिलो काम जनताको सुरक्षा गर्ने हो, खै गरेको ?’
ओलीप्रति आक्रामक रूपमा प्रस्तुत भएका नेता रावलले ओलीले अझै आफू शक्तिशाली हुँ भन्न लाज मान्नु पर्ने अवस्था रहेको उक्त्त कार्यक्रममा बताएका छन्। भदौ २३ र २४ गतेको जेन-जि आन्दोलनका क्रममा एमाले अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री ओली लगायत नेता केही सुरक्षा निकायको घेरामा बसेका थिए ।
नेता रावलले १६ घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।







