काठमाडौँ नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनको विजेता लुम्बिनी लायन्स बनेको छ । क्रितिपुर स्थित क्रिकेट मैदानमा शनिबार फाइनल खेलमा विपक्षी सुदूरपश्चिम रोयल्सलाई कुनै मौका नदिएको लुम्बिनी लायन्सलेविकेटको विजय निकालेको हो

नेपाली क्रिकेटका कप्तान सहित रहेका रोहित पौडेलले हृयाट्रिक विकेट लिएपछि टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै अलआउट भएको हो । सुदूरपश्चिम एनपीएलमा पहिलो पटक १ सय रन कटाउन असफल रह्योएनपीएल इतिहासमा पहिला ब्याटिङ गरेको टोलीले बनाएको यो सबैभन्दा कम स्कोर हो ।

 

दिनेश अधिकारीले पहिलो ओभरमै ४ छक्का प्रहार गरेपछि लुम्बिनीले एकतर्फी फाइनलमाओभरमै लक्ष्य पूरा गर्‍यो । लुम्बिनी पहिलो पटक विजेता बनेको हो तर सुदूरपश्चिम रोयल्स भने लगातार दोस्रो वर्ष फाइनलमा पराजित भएको छ। गत वर्ष पनि टोली फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

लुम्बिनीले लगातार खेल ६ जित्दै उपाधि जितेको हो । यसका साथै लुम्बिनीले सुदूरपश्चिमको लगातार ६ खेल जितेको कीर्तिमान बराबरी गरेको छ । एनपीएल सिजन २ को सुरुआत सुदूरपश्चिमले लगातार ६ खेल जितेर गरेको थियो । तर सातौँ खेलमा टोली विराटनगर किंग्ससँग पराजित भएको थियो । त्यही विराटनगरलाई क्वालिफायर १ मा पराजित गरी सुदूरपश्चिम फाइनल पुगेको थियो ।

लुम्बिनीले लिगचरणको अन्तिम ३ खेल जितेर प्लेअफमा स्थान बनाएको थियो । त्यसपछि टोलीले इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई क्वालिफायर २ मा विराटनगरलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

लिग चरणमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको थियो । गत वर्ष पनि सुदूरपश्चिमले लुम्बिनीमाथि ४५ रनको सहज निकालेको थियो । गत वर्ष लुम्बिनी ७ खेलमा ६ पराजय भोगी पुछारमा रहेको थियो ।

दिनेशले पहिलो ओभरमै सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई ४ छक्का प्रहार गरेपछि लुम्बिनीले २७ रन जोडेको थियो । दिनेश र डी’आरसी शटलेओभरमै ५८ रन जोडेर लुम्बिनीलाई तुफानी सुरुआत दिलाएका थिए ।

शट १३ बल खेली १४ रनमा आउट भए । ३ चौका प्रहार गरेका उनलाई हेमन्त धामीले आउट गरे । हेमन्तले सोही ओभरमा दिनेशलाई पनि आउट गरे । दिनेशले १३ बलमै ४२ रन बनाए । उनले ५ छक्का र १ चौका प्रहार गरे ।

रोहित १२ बलमा १६ रनन बनाएर आउट भए । उनले २ चौका र १ छक्का प्रहार गरेका थिए ।

निरोशान डिकवेला ११ रन बनाई अविजितत रहे । सन्दीप जोरा स्कोर बराबर भएको समयमा शून्यमा आउट भएपछि दीलिप नाथले विजयी रन प्रहार गरे ।

तपाईको प्रतिक्रिया