काठमाडौँ । नेपाली कांग्रेस नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा आइतबार चलिसेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले उनीविरुद्ध ३ करोड ६८ लाख ४७ हजार ४ सय ६१ रुपैयाँ बिगो कायम मुद्दा दायर गरेको छ। यस्तै बिगोबमोजिमको जरिवाना, स्रोत नखुलेको सम्पत्ति जफत र कैद सजाय माग पनि अख्तियारले गरेको छ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा चालिसे काठमाडौं–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। उनी विघठित प्रतिनिधिसभामा अर्थ समितिका सभापति पनि थिए।

त्यसअघि उनी २०७४ सालमा गोकर्णेश्वर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।

तपाईको प्रतिक्रिया