
काठमाडाै । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा नेपाल जेन-जी फ्रन्टले जागरण सभा सम्पन्न गरेको छ । आइतबार आयोजना गरिएको उक्त सभामा जेन-जी आन्दोलनमा सक्रिय जेन-जी अगुवाहरूको सहभागिता रहेको थियो ।
सभामा नेपाल जेन-जी फ्रन्टकी संयोजक रक्षा बम, जेन-जी अगुवा एवम् अधिवक्ता यतिष ओझा र काउन्सिल अफ जेन-जी प्रदेश नं. १ का संयोजक उपार्जुन चाम्लिङ, स्थानीय जेन-जी अगुवा रजनी राई, पर्वत बस्नेत, शुभम् सिग्देल लगायतले बोलेका थिए ।







