
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्वका लागि मतदानको तयारी पूरा भएको छ । मंगलबार साझ देखि सुरु हुने भनेको मतदान बुधार विहान ८ बजे देखि सुरु हुने भएको छ ।
मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै आज बिहानलाई सारिएको थियो । बिहान ८ बजेदेखि मतदान सुन हुने सूचना पाएपछि प्रतिनिधिहरु लाइनमा बसेका छन् भने मतदान विद्युतीय माध्यमा बाट हुन लागेको हो ।
प्राविधिक लक्ष्मण रिमालका अनुसार विद्युतीय मेसिनहरु मतदानका लागि तयार भइसकेको र आफूहरु मतदान गराउन तयारी अवस्थामा रहेको जानकारी दिएका छन् ।
रिमालका अनुसार मतदान सुरु गर्न प्राविधिक टोली तयार भइसकेको छ । उनले भने, ‘अब प्राविधिक समस्या छैन । हाम्रो तर्फबाट काम सकिएको छ । निर्वाचन आयोगको आदेश आएपछि मतदान गर्न सकिन्छ ।’
मतदानको लागि ८० वटा मेसिन राखिएको छ । रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको विद्युतीय मेसिनबाट हुने मतदानमा कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् । केपी शर्मा ओली र ईश्वर पोखरेलको समूह प्रतिस्पर्धामा छन् ।







