काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब प्रतिनिधि सभा पुनर्स्थापनाका लागि देशव्यापी आन्दोलन गर्ने र अदालतमा कानूनी लडाई साथमै लिएर जाने बताएका छन् ।

तेस्रो कार्यकालका लागि अध्यक्ष पदको शपथग्रहण गरे लगत्तै सम्बोधन गर्दै केपि शर्मा ओलीले असंवैधानिक ढंगले देशमा आगजनी र लुटपाट मच्चाएर गरिएको संसद् विघटन र सरकार गठन स्वीकार नहुने बताए ।

उनले भदौ २४ को घटनापछि देशमा पुराना पार्टीहरू सकिए भन्नेलाई एमालेले जवाफ दिएको र अझ दिने बताए ।

नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीको शपथ पछि उनले अन्य पदाधिकारी तथा केन्द्रिय समिति सदस्यहरुलाई पदतथा गोपनियताको पनि शपथ लिएका छन् ।

 

तपाईको प्रतिक्रिया