
काठमाडौँ । उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङले आफूहरू राजनीति गर्न नआएको बताएका छन् ।
चितवनमा शनिवार जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफूहरू राजनीति गर्न नभई देश परिवर्तन गर्न आएको बताए । राजनीति र नेतृत्व फरक कुरा रहेको बताउँदै देशलाई परिवर्तन गर्न जरुरी रहेको बताए ।
उनले नेपालमा जुन किसिमको राजनीति छ त्यो राजनीति गर्न आफू राजनीतिक दल खोलेर नआएको बरु बाटो मात्रै समातेको जिकिर गरे । देश परिवर्तन भएन, देशमा सुशासन भएन, देश समृद्ध भएन भने देश कहिल्यै पनि अघि बढ्न नसक्ने बताए ।
उनले भने ‘हामी राजनीति गर्न चाहिँ आएको होइन । राजनीति गर्न आएको होइन तर देश परिवर्तन गर्न आएको हो । राजनीति र नेतृत्व फरक छ । देशलाई परिवर्तन गर्न आएको हो । जुन किसिमको राजनीति नेपालमा छ, त्यो राजनीति गर्न आएको होइन, त्यो बाटो मात्रै समातेको हो । यो बाटो समातेर देशलाई परिवर्तन गर्नुपर्छ । देश परिवर्तन भएन, देशमा सुशासन भएन, देश समृद्ध भएन भने देश कहिल्यै पनि अघि बढ्दैन । हामी देश परिवर्तन गर्ने नेतृत्व दिन आएका हौँ । देशको शासक बन्न आएको होइन । आम नेपाली जनताको सेवक बन्न आएका हौँ ।’
मन्त्री घिसिङले आफू भाषण नभई नतिजा दिने पक्षमा रहेको बताए ।







