मकवानपुर । वाग्मती प्रदेशको मुख्य न्यायाधिवक्तामा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आइतबार अधिवक्ता अप्सरा बस्नेतलाई नियुक्त गरेका छन्।

अधिवक्ता बस्नेत वागमती प्रदेशकै पहिलो महिला मुख्य न्यायाधिवक्ता बनेकी छन्। वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश प्रमुखसमक्ष मंगलबार बस्नेतको नाम मुख्य न्यायाधिवक्ताका लागि सिफारिस गरेका थिए। यसअघि दोलखाका अधिवक्ता सुकदेव काफ्ले मुख्य न्यायाधिवक्ताको जिम्मेवारीमा थिए। काफ्लेले राजीनामा दिएपछि मुख्यमन्त्री बानियाँले बस्नेतको नाम सिफारिस गरेका हुन्।

अधिवक्ता बस्नेत जिल्ला बार एसोसिएसन मकवानपुरकी निवर्तमान अध्यक्षसमेत हुन्। उनी उक्त बार एसोसिएसनकी पहिलो महिला अध्यक्ष पनि बनेकी थिइन्।ु

 

तपाईको प्रतिक्रिया