
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवाले शक्ति सबै आफूमा राखेर पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको आरोप लगाएका छन् । उनले खड्काको कार्यवाहक सभापति जिम्मेवारीलाई‘नाम मात्र’संज्ञा दिए ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग महामन्त्री थापाले अहिले पनि सबै शक्ति सभापति देउवाले रहेको बताए ।
‘सभापतिले कार्यवाहक दिनुभएको छ । नाम मात्रको कार्यवाहक दिनुभयो । आजको बैठकमा आउनुभएको छैन तर, सबै शक्ति उतै छ,’सञ्चारकर्मीहरूसँग थापाले भने ।







